असार २४, २०८२ मंगलबार July 8, 2025

उपत्यकाका सीडीओहरूको बैठक बस्दै, व्यापारीलाई वार्तामा बोलाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंका व्यापारीहरुले एकतर्फी निर्णय गरेर सबै प्रकारका पसलहरु खुला गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ ।

पसलहरु एकतर्फी रुपमा खुलेपछि काठमाडौंका सीडीओको आह्वानमा संयुक्त बैठक बस्न लागेको हो । बैठक ११ बजेका लागि जिल्ला समन्वय समिति काठमाडौंको हलमा बोलाइएको छ ।
व्यापारीहरुले गरेको निर्णयकै विषयमा केन्द्रित रहेर छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन । अब लकडाउनका विषयमा के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताएका छन ।

एकतर्फी निर्णय गरेर पसल खुला गरेका व्यापारीहरुलाई पनि सरकारले वार्तामा बोलाइसकेको उनले बताएका छन । दुई महिनाभन्दा बढी समयसम्म भएको लकडाउनलाई पूर्णपालना गरेको र अब अर्को निर्णय नहुञ्जेलसम्म पसलहरु बन्द गर्न आग्रह गरेको समेत उनले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया