काठमाडौंः पराष्ट्रमन्त्री नारायण प्रकाश साउदलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मा दिइएको छ ।
इजिप्टको कायरोमा आयोजित ‘ग्लोबल कंग्रेस अन पपुलेसन हेल्थ एण्ड डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन उक्त मन्त्रालयका मन्त्री मोहनबहादुर बस्नेत गएकाले उनको अनुपस्थितिमा सो मन्त्रालयको कार्यभार सम्हाल्न उनलाई जिम्मेवारी तोकिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पढेर संसद्लाई जानकारी गराएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया