मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी

निर्वाचनबाट संघको उपाध्यक्षमा उपाध्यक्षमा रामप्रसाद खरेलले १४१ ल्याएर जित हासिल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।

खण्डेलवालले अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै जित हासिल गरेका हुन्। निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए। जसमा खण्डेलवालले १०४ मत पाएका थिए भने श्रेष्ठले ८७ मत ल्याएका थिए।
वीरगञ्जमा शनिबार अपरान्ह १ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो। संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न शुक्रबारदेखि वीरगञ्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो।

निर्वाचनबाट संघको उपाध्यक्षमा उपाध्यक्षमा रामप्रसाद खरेलले १४१ ल्याएर जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत ल्याएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार