काठमाडौं : डा. गोविन्द केसीले आज(शुक्रबार) देखि गर्ने भनेको सत्याग्रह स्थगित भएको छ। सरकारका प्रतिनिनिधिसँगको छलफलमा आफ्ना माग तीन महिनाभित्र सम्बोधन गर्ने भनेपछि सत्याग्रह हाललाई स्थगित भएको डा केसीले जनाएका छन्।
हालैका दिनमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरुलगायतका कर्मचारीहरुसितको भेटघाटमा पदाधिकारी नियुक्तिका मापदण्ड कायम गर्नका लागि कानुनी व्यवस्था गर्ने, एकीकृत प्रतिष्ठान ऐन जारी गर्ने, सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने लगायतका कामहरुका लागि तीन महिनाको समय मागिएको छ।
साथै चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्षले आफू दलीय आबद्धता र स्वार्थको द्वन्द्वबाट टाढा रहेको तथा चिकित्सा शिक्षा ऐन र नियमावली अनुसार पदीय दायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको सार्वजनिक वचनवद्धता प्रकट गर्नुभएको छ जुन स्वागतयोग्य छ। यो अवस्थामा भदौ २९ गते घोषित सत्याग्रह तीन महिनाका लागि स्थगित गरेका छौं।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया