असार २२, २०८२ आइतबार July 6, 2025

दरबन्दी कटौती हुँदा फिजियोथेरापी सेवा बन्द

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा नै रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः भक्तपुरको आयुर्वेदिक स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी बटौती हुँदा  फिजियोथेरापी सेवा बन्द भएको छ । यसअघि करारमा सेवा गर्दै आएका फिजियोथेरापिष्टको दरबन्दी बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०र८१ मा कटौती गरेपछि सेवा बन्द भएको हो । यसले केन्द्रमा उपचारका लागि बिरामीलाई असुविधा भएको छ ।

केन्द्रले सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आएको छ । औषधीसमेत निःशुल्क वितरण गर्दै आएको केन्द्रले फिजियोथेरापी र अकुपञ्चर सेवासमेत निःशुल्क प्रदान गर्दै आइरहेको जनाएको छ । निःशुल्क सेवाभित्र नपरेका औषधीसमेत आफ्नै फार्मेसीमार्फत सहुलियत दरमा बिक्री वितरण गर्दै आएको केन्द्रका प्रमुख रहेका डा. नरेन्द्रप्रसाद गिरीले बताए ।

गत वर्ष फिजियोथेरापिष्टले कारारमा रही सेवा दिँदै आएकामा यस वर्ष उक्त दरबन्दी काटिएपछि सेवा पुनः सञ्चालन गर्न नसकिएको उनले बताए । “तलबका लागि बजेट छ । तर मन्त्रालयले यस वर्षको दरबन्दीमा फिजियोथेरापिष्टको दरबन्दी कटौती गरेकाले हाल सेवा पुनः सञ्चालन गर्न सकिएको छैन,” प्रमुख गिरीले भने । उनले मन्त्रालयमा यस बारेमा जानकारी गराएर दरबन्दीका लागि ताकेता गरिरहेको जानकारी दिए ।

केन्द्रमा गत आवदेखि फिजियोथेरापी र अकुपञ्चर सेवा सुरु भएको थियो । ती सेवाका कारण आयुर्वेदिक उपचार पद्धति र केन्द्रको सेवामा स्थानीयको आकर्षण बढेको थियो । सोही कारण केन्द्रमा दैनिक एक सयभन्दा बढी सेवाग्राहीको चाप हुने गरेको प्रमुख गिरीले बताए। उनका अनुसार आव २०७८/७९ मा केन्द्रबाट १४ हजार एक सय ४० जनाले सेवा लिएका भने आव २०७९र८० मा १९ हजार आठ सय ८० ले सेवा लिएका थिए । फिजियोथेरापी सेवा सुरु भएको छोटो समयमा करिब एक हजार जनाले सेवा लिइसकेका उनले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार