श्रावण १२, २०८१ शनिबार July 27, 2024

पाल्पा रामपुरका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी स्थानीय स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको छ ।

नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा नं १ स्थित गाडाँकोट स्वास्थ्यचौकी र वडा नं १० स्थित गेझा स्वास्थ्यचौकीलाई एक/एकवटा एम्बुलेन्स नगरप्रमुख रमणबहादुर थापाले आज सम्बन्धित वडाध्यक्ष र स्वास्थ्यचौकीप्रमुखलाई हस्तान्तरण गर्नुभयो ।

नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट वञ्चित हुन नपरोस् र सबै नगरवासीलाई आधारभूत स्वास्थ्य सेवाउपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उहाँको भनाइ थियो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा सबै नगरवासीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, गरिव तथा विपन्न परिवारका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमालगायत स्वास्थ्यकार्यक्रम समावेश गरी सञ्चालन गरिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार