असार १०, २०८१ सोमबार June 24, 2024

नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक

१०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः औषधि व्यवस्था विभागले नेपालमा १०३ प्रकारका औषधि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ ।

आइतबार विभागले विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको हो ।

१०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्ससमेत नदिने विभागले निर्णय गरेसँगै नेपाली उद्योगले अब ती औषधिहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन् ।

विभागले मौज्दात यस्ता औषधिहरूको व्यवस्थापन तथा विक्री गर्न छ महिनाको समय सिमा तोकेको छ । सूचीमा भएका औषधिका समिश्रणहरू प्रभावकारी नभएको तथ्यले पुष्टि गरेको भन्दै डब्लूएचओको प्रतिवेदन अनुसार नै विभागले निर्णय लिएको हो ।

विभागले १०३ प्रकारको औषधि सूची सार्वजनिक गरे पनि नेपालमा अहिले यीमध्ये १३ प्रकारका औषधिका समिश्रणहरू दर्ता भएर प्रयोगमा आइरहेका छन् ।

औषधि सल्लाहकार समितिको ५५ औँ बैठकले सिफारिस गरेपछि १८ भदौमा विभागले यस्तो निर्णय गरेको थियो ।

Not-recommended-Antibiotics-1-scaled1695025193.jpg

Not-recommended-Antibiotics-2-scaled1695025192.jpg

Not-recommended-Antibiotics-3-scaled1695025190.jpg

Not-recommended-Antibiotics-4-scaled1695025190.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार