असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा : एकैदिन करिब १० हजार संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ९ हजार ९७१ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिनमा संक्रमित भएको अहिलेसम्म कै धेरै संख्या हो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले २ लाख नाघेको छ ।

भारतमा अहिलेसम्म २ लाख ४६ हजार ६२८ जना संक्रमित भएका छन् । भारत धेरै संक्रमण हुने देशमा छैठौ स्थानमा उक्लिएको छ । योसँगै भारतमा इटालीमा भन्दा धेरै संक्रमित भएका छन् । इटालीमा अहिलेसम्म २ लाख ३४ हजार ८०१ जना संक्रमित भएका छन् ।

त्यस्तै २४ घण्टामा भारतमा २८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ६ हजार ९२९ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख १९ हजार २९२ जना ठिक भएका छन् भने एक लाख २० हजार ४०६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ६९ लाख ७६ हजार ४५ पुगेको छ भने मृतकको संख्या ४ लाख २ हजार १७० पुगेको छ ।

त्यस्तै विश्वभर ३४ लाख ११ हजार ७८८ जना कोरोना संक्रमित ठिक भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार