असार २२, २०८२ आइतबार July 6, 2025

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौं । विश्वभर कोरोनाभाइरस कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । वर्ल्ड मिटर्सका अनुसार आज विहानसम्ममा मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६ सात पुगेको छ ।

यसैगरी संक्रमित हुनेको कूल संख्या ६९ लाख ६६ हजार नाघेको छ । तथ्याङ्क अनुसार संक्रमित मध्ये ३४ लाख ६ हजार जनालाई भने उपचार पछि निको भएको छ । अझैपनि विश्वभरमा ३१ लाख५८ हजार जनामा संक्रमण छ । ती मध्ये ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ भने दुई प्रतिशतको अवस्था गम्भिर रहेको छ ।

विश्वमै सबैभन्दा धेरै अमेरिकामा १ लाख १२ हजार जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३५ हजार ९ शयको मृत्यु भइसकेको छ । यसैंबीच लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले कोरोनाभाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देश बन्न पुगेको छ ।

बढ्दो संख्याकै बीच लकडाउन खुकुलो बनाएपछि विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले त्यस्तो नगर्न दिएको सुझावदिएपछि राष्ट्रपति जैर बोल्सोनारोले डब्लुएचओको व्यवहार सकारात्मक नभएको आरोप लगाउदै डब्लुएचओबाट बाहिरिने चेतावनी दिनुभएको छ ।

उहाँले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर भूमिका खेल्न लागेको आरोप पनि लगाउनु भएको छ । सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको अमेरिकाले यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गर्दै डब्लुएचओलाई दिदै आएको सहयोग समेत रोक्ने बताइसकेको छ ।

संक्रमणको तथ्यगत विवरण र रोकथामको सही उपाय पहिल्याउनु भन्दापनि चीनको पक्षपोषण गरेको भन्दै डब्लुएचओ आलोचित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार