असार २६, २०८२ बिहिबार July 10, 2025

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४४८

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आज थप दुई सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार चार सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय नौ जना पुरुष र चार जना महिलामा सङ्क्रमण पुष्टि भएको जनकारी दिएका छन ।

प्रवक्ता डा.विकास देवकोटाले दिनुभएको जानकारी अनुसार नेपालमा हालसम्म ७१ जिल्लाका तीन हजार दुई सय १२ जना पुरुष र दुई सय ३६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप एक सय दुई जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल सङ्ख्या चार सय ६७ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप दुई जना महिला र एक सय जना पुरुष कोरोना मुक्त भएका छन् ।

आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका १२ जना, कैलाली अस्पतालबाट बाराका ३४ जना, युनिफाईड कोभिड–१९ अस्पताल बलम्बुबाट महोत्तरीका एक जना, कोरोना आइसोलेसन सेन्टर बुटवलबाट रुपन्देही र कपिलवस्तुका २७ जना, कोरोना विशेष अस्पताल दाङबाट बाँके कपिलवस्तु र दाङका १० जना, गौर नर्सिङ अस्पतालबाट रौतहटका १८ जना कोरोना मुक्त भई घर फकिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म जम्मा तीन सय ९९ जना पुरुष र ६८ जना महिला गरी कूल चार सय ६७ जना कोरोना मुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार