असार २४, २०८२ मंगलबार July 8, 2025

सांसद लिङ्देनको प्रश्न: वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सरकारको के दुश्मनी छ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले वालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधा तत्काल बढाउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आईतबारको बैठकमा सांसद लिङ्देनले सरकार आफैले वालविकास शिक्षक र विद्यालय कर्मचारीलाई छ हजारमा काम लगाएर शिर झुकाउने काम गरेको बताए । उनले वालविकास शिक्षक र विद्यालय कर्मचारीको शिर झुकाएर कमजोर बनाएर निरिह अवस्थामा राखेपछि हाम्रो शैक्षिक भविष्य कस्तो हुन्छ रु भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

सांसद लिङ्देनले वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग यो सरकारको के पूर्वाग्रह छ रु के दुस्मनी छ रु भनेर प्रश्न समेत सरकारलाई गरेका छन् । उनले तलव र सेवा सुविधा बढाउने विषयमा समयमै ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण समेत गरेका छन् । साथै उनले त्रिवुभवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुको मागका बारेमा पनि शिक्षमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ सांसद लिङ्देनले आईतबार संसदमा गरेको सम्बोधनको केहि अंशस्

शिक्षा सम्बन्धमा कुरा गर्दा खेरी अघि पनि कुरा उठ्यो । त्रिवुभवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरु आन्दोलनमा छन् । उनिहरुले अतिरिक्त सुविधा पाउने कुरा त परको कुरा भयो । आफूले पढाएको आफूले काम गरेको ज्याला, सुविधा र भक्ताहरु नपाएर भोकभोकै मर्नुपर्ने अवस्था आयो भनेर हामीलाई एसएमस गरिराखेका छन् । माननिय ज्यू के हामी आंशिक प्राध्यापकहरु भोकले मरेपछि हामीले आत्महत्या गरेपछि मात्रै तपाईहरु बोल्ने हो रु भनेर सोधि राखेका छन् । म शिक्षामन्त्रीको ध्यानाकर्षण गर्न चाहान्छु ।

र सरकारको म विषेश ध्यानाकर्षण गर्न चाहान्छु यो वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग यो सरकारको के पूर्वाग्रह छ रु के दुस्मनी छ रु हामीले बारम्बार कुरा उठायौ । कि आवाज पुगेन कि, हाम्रो आवाज सानो भयो कि रु सरकार आफैले पनि कसैले पनि कसैलाई पनि न्यनतम ज्याला नदिइकन सरकारकारे तोकेको न्यनतम ज्याला नदिइकन काममा लगाउन पाइने छैन् । त्यस्तो लगाए दण्डनिय छ भनेर भन्ने तर, सरकार आफैले मान्छेलाई छ हजार सात हजारमा काम लगाउने रु त्यो पनि अभिवावकले आफ्नो बच्चा विद्यालय जाने भएपछि सबैभन्दा पहिले जसलाई जिम्मा लगाउछँ ति मानिसहरुलाई शिर झुकाएर कमजोर बनाएर निरिह अवस्थामा राखेपछि हाम्रो शैक्षिक भविष्य कस्तो हुन्छ रु त्यस कारण यस तर्फ फेरी पनि म शिक्षा मन्त्रालयलको ध्यान जाओस भन्ने आग्रह गर्न चाहान्छु ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया