काठमाण्डौः इंग्लिस प्रिमियर लिग क्लबका रेफ्री र सहायक रेफ्रीहरुको कोरोना परिक्षण हुने भएको छ । क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्ने भएको हो ।
रेफ्रीहरुको यसै हप्ता भित्र कोरोना परिक्षण गरिने स्काई स्पोर्ट्सले जनाएको छ । यस अघि खेलाडी र स्टाफ गरि ६ हजार २ सय ६१ जनाको कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको थियो ।
कोरोनाले स्थगित प्रिमियर लिग सुचारु हुने तयसँगै रेफ्रीहरुको परिक्षण गर्न लागिएको हो । प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।
यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ । लिप्रिमियर लिगका रेफ्रीको कोरोना परिक्षण हुने
भरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । उपाधिका लागि लिभरपुललाई दुई जितको आवश्यकता रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया