कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रथी पदोन्नति सिफारिसबारे भ्रम फैलाउनु खेदजनक : नेपाली सेना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाली सेनाले रथी पदोन्नति सिफारिसबारे भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक भएको भन्दै आपत्ति जनाएको छ । रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको हो ।

सेनाको रथी दर्जामा पदोन्नतिका लागि ताराध्वज पाण्डेको नाम सिफारिस भएपछि विभिन्न सञ्चारमाध्यममा आएका सामग्रीको नेपाली सेना जङ्गी अड्डाले खण्डन गरेको छ।

रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै सेनाले भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको जनाएको हो।

सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ। पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चारमाध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ।’

प्रारम्भिक चरणमै रहेको प्रक्रियामा विभागीय मन्त्री लगायत राजनीतिक नेतृत्व र प्रधानसेनापतिको स्वार्थ र दबाब रहेको भन्ने आरोप निराधार एवं कपोलकल्पित रहेको भन्दै नेपाली सेनाले खण्डन गरेको छ।

हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रक्रिया रहेको नेपाली सेनामा व्यक्ति विशेषको पदोन्नतिका लागि राजनीतिक नेतृत्वबाट दबाब रहेको भन्नुमा कुनै सत्यता नरहेको सेनाले जनाएको छ।

‘विधि, पद्धति र लामो समयको स्थापित अभ्यासहरूबाट निर्देशित भई क्रियाशील नेपाली सेनाका बारेमा भ्रम फैलाउने ढंगले पूर्वाग्रह प्रेरित सामग्रीहरू सम्प्रेषण नगरिदिन सम्बद्ध जिम्मेवार मिडियाकर्मीहरूमा अनुरोध छ ।’ विज्ञप्तीमा छ।

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे रथी बढुवाका लागि सिफारिस भएको थियो। सैनिक मुख्यालयले रिक्त हुने रथी पदमा हाल सेनाको शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका प्रमुख पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको थियो।
रथीमा बढुवा सिफारिस भएसँगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने निश्चित भएको छ।

सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसेका छन्। सेनामा राणासँगै अर्का रथी सिताराम खड्का समेत छन्।

उनी समेत उमेर हदका कारण आगामी पुस ३ गते अनिवार्य अवकाशमा जाँदैछन्।  राणाले अवकाश पाएसँगै रिक्त पदमा सेनाको युद्धकार्य महानिर्देशक रहेका उपरथी ताराध्वज पाण्डे रथीमा बढुवा हुनेछन्।

सेनाका बलाध्यक्ष रथी खड्काले पुस ३ गते अवकाश पाएपछि मात्र अर्का उपरथी अशोकराज सिग्देल सेनाको रथीमा बढुवा हुनेछन्। त्यसबेला पाण्डे उनीभन्दा ३ महिना सिनियर भइसकेका हुनेछन्।

हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ गते ३ वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनेछन्। त्यसपछि पाण्डे नेपाली सेनाको ४५औं प्रधानसेनापति नियुक्त हुने देखिएको छ। पाण्डेलाई रथी बढुवामै विवादित गरेर सेनापति हुनबाट रोक्ने गरी भइरहेको प्रयत्नको सेनाले खण्डन गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार