कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

समग्र नेपाली भाषा, साहित्य, कला र संस्कृतिका विविध आयामबारे आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको उक्त साहित्यिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै उनी बंगलादेश गएका हुन्।

सम्मेलनका क्रममा कुलपति नेपालले सुदूरपश्चिम प्रदेशको मौलिक पहिचानसहित समग्र नेपाली भाषा, साहित्य, कला र संस्कृतिका विविध आयामबारे आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उनको यस सहभागिताले नेपाली साहित्य र सुदूरपश्चिमको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको सदस्य सचिव सुरत रावत ‘डोटेली कान्छा’ले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड
२०८३ कार्तिक २७, शुक्रबार
पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी
२०८३ कार्तिक २७, शुक्रबार
एनपिएलमा चितवन राइनोजको तेस्रो जित, जनकपुर बोल्ट्स ४ विकेटले पराजित
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख दिने
२०८३ कार्तिक २७, शुक्रबार