श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

विजया दशमीका दिन उपत्यकाको २ वटा रुटमा बिहान र अपरान्ह गरी दुई चरणमा निःशुल्क बस सेवा सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं कार्तिक ५, आइतबार नेपाल प्रहरीले दशैंको टिका ग्रहण गर्न जाने सर्वसाधारणको सुविधा तथा सहज आवागमनको लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

दशैंको टिकाको दिन नेपाल प्रहरी प्रधान कार्यालयले टिका ग्रहण गर्न जाने सर्बसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको हो ।

कात्तिक ७ गते विजया दशमीका दिन उपत्यकाको २ वटा रुटमा बिहान र अपरान्ह गरी दुई चरणमा निःशुल्क बस सेवा सञ्चालन हुनेछ । नेपाल प्रहरी प्रधान कार्यालय, सवारी महाशाखाका अनुसार टिकाको दिन बिहान ८:३० बजे र अपरान्ह ४ बजे बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुन:नक्शाल सम्म नि:शुल्क रुपमा सेवा प्रवाह गर्नेछ ।

त्यस्तै, अर्को बा १ ग २६०८ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भै कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुदै पुनः नक्सलासम्म नि:शुल्क बस सेवा सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार