काठमाडौंः चीन भ्रमणमा रहेका बेला हृदयाघात भएपछि अस्पताल भर्ना भएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज भएका छन् । मन्त्री श्रेष्ठ पाँचदिने उपचारपश्चात् सोमबार डिस्चार्ज भएका हुन् ।
उनको सचिवालयका अनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्कने छन् । त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहेपनि बिरामी भएकाले ८ गते मात्रै स्वदेश फर्किने भएका हुन् ।
बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया