कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बाँकेका नयाँ सिडिओसहित सुरक्षा अधिकारीद्वारा सीमा स्तम्भको अनुगमन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका सुरक्षा अधिकारीले सीमावर्ती क्षेत्र र सीमास्तम्भको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

बाँकेमा सरुवा भएर आएपछि पहिलो पटक प्रजिअ पोखरेल र एसपी सुभाषचन्द्र बोहराले बाँकेको नरैनापुर पुगेर त्यहाँस्थित नेपाल–भारत सिमाक्षेत्र बगौडाको निरीक्षण गर्नुभएको हो ।

सोमबार नरैनापुर पुग्नुभएका प्रजिअ पोखरेललाई स्थानीयले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएकोप्रति चिन्ता व्यक्त गर्दै स्थाथीयले आफूहरुले उत्पादन गरेको खाद्यान्न सदरमुकामसम्म पुगाउन नपाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिनेगरेको गुनासो गर्नुभयो ।

तत्काल सो काम बन्द गर्न आग्रह गर्दै तस्करी हुने कार्य सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए । प्रमुख जिल्ला अधिकारी पोखरेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठीक नभएको बताउँदै उहाँले सिमामा नै तस्करलाई नियन्त्रणमा लिन र स्थानीय किसानलाई पीडा हुनेगरी काम नगर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद साहले नरैनापुरका किसान निकै पीडामा रहेकाले किसानको समस्या समाधान गर्नतर्फ भूमिका खेल्न प्रजिअ पोखरेलसहित सुरक्षा अधिकारीलाई आग्रह गर्नुभयो ।

दसैँको मूर्ति विसर्जन, सीमा स्तम्भको अवस्था, सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी, लागूऔषध ओसारपसार लगायतका अपराध हुन नदिन अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयोे । प्रजिअ पोखरेलले नेपाल–भारत सीमा स्तम्भको अनुगमन गर्दै सीमामा कडाइका साथ शान्ति सुरक्षा मजबुत राख्न नेपाल र सशस्त्र प्रहरीलाई निर्देशन दिएको बताउनुभयो ।

अनुगमन तथा निरीक्षणका क्रममा नरैनापुर पुगेको प्रजिअसहित सुरक्षा अधिकारीको टोलीलाई नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहसहित स्थानीयले स्वागत गरेका थिए ।

सीमा अनुगमनमा प्रजिअ पोखरेल, प्रहरी उपरीक्षक बोहरा, सशस्त्र प्रहरी उपरीक्षक रमेश शाही, अनुसन्धानका उपनिर्देशक मोहनकुमार कुवर, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साह, नरैनापुरका १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का अध्यक्ष अजयकुमार मिश्रा, वडा ४ अध्यक्ष  मनोज शर्मा, ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य र ६ का अध्यक्ष प्रेम मौर्य तथा स्थानीय सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार