श्रावण २, २०८२ शुक्रबार July 18, 2025

लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान – २०७७ प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२७ जेठ, चिप्लेढुङ्गा । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान ( २०७७ प्रदान गरेको छ ।

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिए । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।” उनले क्लबको सातौँ सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक महिलालाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिए । भट्टराईले सम्मानपत्र पढेर सुनाएका थिए ।

सम्मान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थिति अनुकूल नहुँदा पनि प्रविधिको प्रयोग मार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताइन् । शब्दद्वारा सम्मान व्यक्त गर्दै उनले लोकगायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पुर्याएको योगदानको चर्चा गरेकी थिइन् ।

पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए ।

सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखिन् । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनको भनाइ थियो ।

क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार