कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

मुगुको मुन्दु गाउँमा एकै परिवारका चार जनाको विभत्स हत्या

हत्या गरेका चारै जनाको शव पोष्टमार्टमका लाग जिल्ला अस्पताल मुगुमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दु गाउँमा एकै परिवारका चारजनाको हत्या भएको छ । आमा, दुई छोरा र एक छोरीसहित चार जनाको रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ ।

छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँकी २६ वर्षिय श्रीदेवी बोहोरा, उनका ११ र १ वर्षीय छोरा मनोज र रहर तथा ७ वर्षीय छोरी अप्सराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराए ।

आज शुक्रवार विहान ११ बजे गाउँलेले खवर गर्न साथ प्रहरी उपरीक्षक थापाको नेतृत्वमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । उक्त घटनाको प्रारम्भिक अनुसन्धान अनुसार मृतक श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दशैको टिका थाप्न सोही वडाको तल्लो वस्ती माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ ।

९ गते विहानैदेखि घर बाहिर ताला लगाएको देखीएपछि छिमेकीले विहानै सिमी टिप्न खेतमा गएका होलान सोचेका रहेछन् । तर १० गते पनि घरमा ताला लगाएको देखेपछि गाउँलेहरुले फेरि माइती गएकी होला भनी उतै फोन गर्दा ८ गते नै फर्केको भनेपछि गाउँलेहरुले शुक्रवार विहान १० बजेतिर ढोकाको ताला तोडी हेर्दा चार जनाको विभत्स हत्या भएको देखेका थिए ।

मृतकका श्रीमान् वैदशिक रोजगारमा रहेका छन् । कसले के उद्देश्यका लागि हत्या गरेको त्यो खुल्न सकेको छैन । सवै क्षेत्रबाट विस्तृत अनुसन्धा गरी हत्यारा पत्ता लगाई हत्यारालाई कानुनको कठघरामा ल्याएर छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।

हत्या गरेका चारै जनाको शव पोष्टमार्टमका लाग जिल्ला अस्पताल मुगुमा राखिएको छ । घटनास्थल सदरमुकाम गमगढीदेखि पैदल ३ घण्टा टाढा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार