कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

कानुन तर्जुमाका लागि सुझाव पेस गर्न सञ्चार मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो ।

प्रदेश र स्थानीय तहले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन बनाउँदा कतिपय अवस्थामा अधिकार, जिम्मेवारी र कार्यक्षेत्र खप्टिने, निर्माण गरिएका कानुन कार्यविधि कार्यान्वयन गर्न असहजता हुने, अन्तर तह र निकाय ठाडो र क्षितिजीय समन्वय र सहकार्य गर्न कठिनाइ हुने तथा कतिपय अवस्थामा एक–अर्का कानुनबीच तादम्यता कायम हुन नसकी जटिलता सिर्जनासमेत भएका विषयमा त्यस्ता कानुन कार्यविधि तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि र निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ । समितिको कार्यादेश तहगत कार्यक्षेत्रमा रही सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानुन तर्जुमा एवं कार्यान्वयन गर्दा द्विविधा उत्पन्न भएका विषयको पहिचान गर्ने र सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित विज्ञलाई समितिको बैठकमा आमन्त्रितको रुपमा समावेश गराई राय सङ्कलन गर्ने रहेको छ ।

त्यसैगरी पत्रकार महासंघ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तर्क्रिया गर्ने र तीन महिनाभित्रमा मन्त्रालयसमक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बल्खु-हेटौँडा रुटका सार्वजनिक सवारी राति ८ बजेपछि सञ्चालनमा रोक
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
Four SC justices take oath of office
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार