कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

आयल निगमले उद्धारका सेना प्रहरीको हवाई इन्धनको खर्च व्यहोर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकार स्वामित्वको स‌ंस्था नेपाल आयल निगमले राहत तथा उद्धार कार्यका लागी परिचालन गरिने नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाई जहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धनको सम्पूर्ण खर्च सामाजिक उत्तरदायीत्व कोषबाट व्यहोर्ने घोषणा गरेको छ।

यसैगरी सिटिजन्स बै‌ंकले भूकम्प प्रभावित क्षेत्रका लागी  प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले भूकम्प प्रभावित दुबै जिल्लामा राहतका लागी ५-५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ। कोशी प्रदेश सरकारले पनि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ।

शुक्रबार मध्यराती गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा कूल १५७ जनाको ज्यान गइसकेको कर्णाली प्रदेश सरकारले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार