कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण : अर्थमन्त्री महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।

मंगलबार मन्त्री डाक्टर महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेवी बर्थिङ सेन्टरको उद्घाटन गर्दै भने, ‘मंगलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ ।’

मन्त्री डाक्टर महतले साना परियोजनाको प्रवाह बढी भएको भन्दै कार्यान्वयन अवधि छोटो रहेको बताए । यसबाट सिधै स्थानीय तहका जनताले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।

उनले अर्थतन्त्रले लय समात्दै गएको पनि बताए । ‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरूमा निराशा थियो । तर, अहिले बिस्तारै गति लिँदै छ’, मन्त्री डाक्टर महतले भने, ‘सामाजिक सञ्जालको पनि जमाना छ । नकारात्मक कुरा छिट्टै लोकप्रिय हुन्छ, यसले आम मानिसमा हो कि भन्ने भ्रम पारदिन्छ ।’

मन्त्री डाक्टर महतले अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्यधिक पुँजी प्रवाह हुँदा प्रतिफल नआएको जिकिर गरे । ‘घरजग्गा व्यवसायमा पनि एकदमै पुँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्‍यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ’ मन्त्री महतले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार