भाद्र २३, २०८३ मंगलबार September 8, 2026

राजनीतिमा ठूलो भूकम्प आउने खतरा छः झलनाथ खनाल

०६२/६३ सालको क्रान्तिपछि वामपन्थीहरुले अवलम्बन गर्नपर्ने नीति र सिद्दान्त अवलम्बन गर्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राजनीतिक क्षेत्रमा पनि ठूलो भूकम्प आउने खतरा रहेको बताएका छन् । आज (शनिबार) समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०६२/६३ सालको क्रान्तिपछि वामपन्थीहरुले अवलम्बन गर्नपर्ने नीति र सिद्दान्त अवलम्बन गर्न नसकेको बताएका हुन् ।

‘हाम्रो देशमा सामाजिक राजनीतिक क्षेत्रमा पनि भूकम्प आउँछ कि भन्ने खतरा बढ्दो छ । किनभने हामीले ०६२/६३ मा देशमा ठूलो क्रान्ति गर्यौं । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्यौं ।’ उनले भने, ‘त्यो सम्पन्न जुन विन्दुमा भयो, त्यही विन्दुबाट हाम्रो देश समाजवादी क्रान्ति र रुपान्तरको युगमा प्रवेश गरेको छ । हामीले जस्ता प्रकारका नीति, सिद्दान्त लिएर अगाडि बढ्न पर्ने हो त्यो कुरामा ठूलो अलमल भइरहेको महशुस हुन्छ ।’

अहिले देश राजनीतिक रुपले अस्थिरता र दिशाहीन र आर्थिक रुपले संकटग्रस्त अवस्थामा रहेको उनले बताए । सामाजिक, संस्कृतिक रुपले पनि मूलुक संकटग्रस्त अवस्थामा रहेको उनले बताए । देशको मौलिक सस्कृतिमाथि विभिन्न ढंगले प्रहार भइरहेको उनको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
२०८३ भाद्र २३, मंगलबार
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
२०८३ भाद्र २३, मंगलबार
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति
२०८३ भाद्र २३, मंगलबार
आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म
२०८३ भाद्र २३, मंगलबार
भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी
२०८३ भाद्र २३, मंगलबार
आजको मौसम : अधिकांश भूभागमा वर्षाको सम्भावना
२०८३ भाद्र २३, मंगलबार
प्रधानमन्त्री बालेनलाई प्रमाणसहित प्रस्तुत हुन विज्ञको सुझाव
२०८३ भाद्र २३, मंगलबार