मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

पुरानो टिकट वितरण प्रणाली हटाउँदैछौँ, डिजिटल मतदानबाट उम्मेदवार छानिन्छ : गगन थापा

केन्द्रीय समिति बैठकबाट छिट्टै निर्वाचन निर्देशिका बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति र घोषणापत्र विपरीत काम गर्ने पालिका जनप्रतिनिधिलाई जुनसुकै बेला फिर्ता बोलाउन सकिने बताउनुभएको छ ।

पार्टी मुख्यालय सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानअन्तर्गत पालिकाका प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा सभापति थापाले निर्वाचित भएपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने पुरानो अभ्यास अन्त्य गरिने बताउनुभयो ।

जनप्रतिनिधिको पाँच वर्षे कामको अनुगमन र मूल्याङ्कन गर्न पार्टीले ‘गभर्नेन्स इन्स्टिच्युट’ स्थापना गरेको जानकारी दिँदै उहाँले अब जनप्रतिनिधिले इन्स्टिच्युटको निगरानीमा काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

आउँदो पालिका चुनावमा उम्मेदवारले टिकट लिँदै गर्दा अनुशासनमा रहने र आर्थिक अनियमितता नगर्ने लिखित प्रतिबद्धता जनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

यस्तै उपसभापति पुष्पा भुसाल नेतृत्वको निर्वाचन ब्युरोले देशका ७५३ मध्ये केही पालिकामा वैज्ञानिक सर्वेक्षण गरी पार्टीको अवस्था र महिला उम्मेदवारको जित्ने सम्भावनाबारे अध्ययन गरिरहेको थापाले बताउनुभयो ।

आउँदो चुनावमा टिकट वितरणको पुरानो प्रणाली हटाएर सम्बन्धित तहका क्रियाशील सदस्यले गोप्य डिजिटल मतदानमार्फत उम्मेदवार छनोट गर्न पाउने व्यवस्था गरिने सभापति थापाको भनाइ छ । यसका लागि केन्द्रीय समिति बैठकबाट छिट्टै निर्वाचन निर्देशिका बनाइने उहाँले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द
२०८३ मंग्सिर १३, आइतबार
शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई विद्यालय ल्याउने अभियान प्रशंसनीय : अध्यक्ष दाहाल
२०८३ मंग्सिर १३, आइतबार
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
२०८३ मंग्सिर १३, आइतबार
पुरानो टिकट वितरण प्रणाली हटाउँदैछौँ, डिजिटल मतदानबाट उम्मेदवार छानिन्छ : गगन थापा
२०८३ मंग्सिर १३, आइतबार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
२०८३ मंग्सिर १३, आइतबार
देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत
२०८३ मंग्सिर १३, आइतबार
स्पेन नजिकै आप्रवासी चढेको डुङ्गामा १५ वटा शव फेला
२०८३ मंग्सिर १३, आइतबार