मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : सभापति लामिछाने

खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दैलेख, १३ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको छ ।

सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका सभापति लामिछानेले खानीको वर्तमान अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभयो ।

अवलोकनका क्रममा उहाँले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ पूरा गरिए पनि एक वर्षयता परीक्षणको काम रोकिँदा करोडौँ मूल्य बराबरका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ । उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो । प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझनुपर्छ ।”

सभापति लामिछानेले लामो समयदेखि अड्किएको ‘वेल टेस्ट’ तथा व्यावसायिक उत्पादनको प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएकाले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने हुँदा यो कर्णालीको मुहार फेर्ने राष्ट्रिय गौरवको आयोजना रहेको उल्लेख गर्नुभयो ।

नेपाल र चीनबीचको समझदारीअनुरुप विसं २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौतामार्फत ४५ रोपनी जग्गा अधिग्रहण गरी यो परियोजना अघि बढाइएको हो । “हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,” सभापति लामिछानेले भन्नुभयो, “यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ । विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ, सिङ्गो कर्णालीवासीले छिट्टै सकारात्मक सन्देश पाउनुहुनेछ ।”

यसअघि उहाँलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्पेन नजिकै आप्रवासी चढेको डुङ्गामा १५ वटा शव फेला
२०८३ मंग्सिर १३, आइतबार
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
२०८३ मंग्सिर १३, आइतबार
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
२०८३ मंग्सिर १३, आइतबार
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
२०८३ मंग्सिर १३, आइतबार
आइजेनकोटलाई प्रधानमन्त्री बनाउन नेतान्याहु तयार
२०८३ मंग्सिर १३, आइतबार
Tarakeshwor Mayor Krishna Hari Maharjan to Make Rs. 12 Billion Budget and Expenditure Details Public
२०८३ मंग्सिर १३, आइतबार
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौं : सभापति लामिछाने
२०८३ मंग्सिर १३, आइतबार