मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत

उपसभापतिमा लालबहादुर बुढा र शोभा बोहोरा सर्वसम्मत चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत चयन भएका छन्।

जिल्ला निर्वाचन समितिकी संयोजक बुदाकुमारी पहाडीका अनुसार जिल्ला सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा प्रदेश महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्।

निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला कार्यसमितिको उपसभापतिमा लालबहादुर बुढा र शोभा बोहोरा सर्वसम्मत चयन भएका छन्।

त्यस्तै, सचिवमा अर्जुन बुढा र मनबहादुर कुलाल चयन भएका छन् भने सहसचिवमा रत्न जैसी सर्वसम्मत भएका छन्।

देउवा समूहले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशन प्रक्रिया अघि बढाएको हो। डोल्पामा सबै पदमा सहमतिकै आधारमा नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ।

यससँगै देवप्रसाद बुढाको नेतृत्वमा देउवा समूहको डोल्पा जिल्ला कार्यसमिति गठन भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तलब वृद्धि र सेवा–सुविधाको माग पूरा नभएपछि चितवनका निजी विद्यालय अनिश्चितकालीन बन्द
२०८३ मंग्सिर १३, आइतबार
शिक्षाबाट वञ्चित चेपाङ बालबालिकालाई विद्यालय ल्याउने अभियान प्रशंसनीय : अध्यक्ष दाहाल
२०८३ मंग्सिर १३, आइतबार
‘इन्स्पेक्टर हौँ, मुद्दा नचलाई दाइलाई छुटाइदिन्छौँ’ भन्दै २ लाख माग गर्ने ५ जना पक्राउ
२०८३ मंग्सिर १३, आइतबार
पुरानो टिकट वितरण प्रणाली हटाउँदैछौँ, डिजिटल मतदानबाट उम्मेदवार छानिन्छ : गगन थापा
२०८३ मंग्सिर १३, आइतबार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
२०८३ मंग्सिर १३, आइतबार
देउवा समूहको डोल्पा जिल्ला सभापतिमा देवप्रसाद बुढा सर्वसम्मत
२०८३ मंग्सिर १३, आइतबार
स्पेन नजिकै आप्रवासी चढेको डुङ्गामा १५ वटा शव फेला
२०८३ मंग्सिर १३, आइतबार