असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय नाघ्यो, २लाख ७६ हजार ५८३ संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या सात हजार सात सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सात हजार ७४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट २७९ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि दुई लाख ७६ हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८५ नयाँ संक्रमित थपिएका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९० हजार ७८७ संक्रमित फेला परेका छन् भने तीन हजार २८९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३४ हजार ९१४ संक्रमित फेला परेका छन् भने यो राज्यमा अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा २१ हजार ३०९ जना संक्रमित भेटिँदा ९०५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २१ हजार १४ संक्रमित फेला परिसकेका छन् भने एक हजार ३१३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म ११ हजार ३३५ संक्रमित फेला परेका छन् भने ३०१ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा आठ हजार ९८५ संक्रमित भेटिएका छन् भने ४१५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार ४५९ संक्रमित फेला परेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ३५ हजार २०६ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार