काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाउने भएका छन्।
राष्ट्रपति पौडेलले बुधबार साइतमै बहिनीद्वय शारदा र चन्दाको हातबाट टीका र आशीर्वाद लिने उनको स्वकीय सचिवालयले जनाएको हो।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यो वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया