मंसिर १६, २०८० शनिबार December 2, 2023

हङ्गेरीका लागि गैरआवासीय नेपाली राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

हङ्गेरीका राष्ट्रपतिको कार्यालय सान्दोर प्रासादमा मङ्गलबार आयोजित विशेष समारोहमा राजदूत खड्काले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेक्रममा राजदूत खड्काले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट हङ्गेरीका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै हङ्गेरीका जनताको निरन्तर प्रगति एवं शान्तिको कामना गर्नुभएको थियो । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालका साथै नेपाल सरकार र नेपाली जनताका तर्फबाट उहाँले हङ्गेरीका जनताको समुन्नतिको कामना गर्नुभयो ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा नेपाल–हङ्गेरी सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार