असार १०, २०८१ सोमबार June 24, 2024

प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार सापकोटा र दक्षिण कोरियाली राजदूत योङबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा र राजदूत योङबीचको भेटवार्तामा नेपाल र दक्षिण कोरिया बीचका विभिन्न द्वीपक्षीय चासो तथा सहकार्यका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटवार्तामा राजदूत पार्कले दुई मुलुक बीचमा सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि बढ्दै गएको द्वीपक्षीय सम्बन्धलाई लिएर खुसी व्यक्त गरे । साथै, उनले आगामी दिनमा थप सहकार्य गरिने पनि उल्लेख गरेका थिए ।

सल्लाहकार सापकोटाले नेपालको आर्थिक क्षेत्र र अन्य सहकार्यको क्षेत्रमा दक्षिण कोरियाली सरकारको निरन्तर सहयोगलाई लिएर धन्यवाद दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु
२०८१ असार ११, मंगलबार
मेयरले एकलौटी गरेको भन्दै बौधिमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार
२०८१ असार १०, सोमबार
संसद् सचिवालयका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति
२०८१ असार १०, सोमबार
यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूची हेर्नुहोस्)
२०८१ असार १०, सोमबार
छानविन समितिले सहकारी पीडितलाई न्याय दिन सक्दैन : चित्र बहादुर केसी
२०८१ असार १०, सोमबार
काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक: गगन थापा
२०८१ असार १०, सोमबार
धनुषा पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
२०८१ असार १०, सोमबार