कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

महिला चलचित्रकर्मीलाई राज्यले सहयोग गर्ने सञ्चारमन्त्री शर्माको प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।

शनिबार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

उहाँले सरकारले महिला चलचित्रकर्मीलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसाबले सोचिरहेको बताउनुभयो। उहाँले संविधानले समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकारले महिला चलचित्रकर्मीलाई कसरी प्रमोट गर्ने, विभिन्न सेक्टरमा जसरी अहिले हाम्रो संविधानले हाम्रो लोकतन्त्र, गणतन्त्रले महिलाको समावेशिताको विषय जुन ढंगले उठाएको छ।

सबै सेक्टरमा महिलाले जुन ढंगले आफूलाई विकास गरिरहनुभएको छ, उपस्थिति मात्रै होइन, त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष हो। यस क्षेत्रमा महिला चलचित्रकर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ। राज्यले महिला चलचित्रकर्मीलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ।’’

मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीलाई आवश्यक सहयोग गर्ने बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार