कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

पूर्वराजाले झापामा गरे पृथ्वीनारायण शाहको सालिक अनावरण

कलेज परिसर पुग्नुअघि पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पूर्वराजा ज्ञानेन्द्र शाहले झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो विर्तामोड नगरपालिका-१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कार्यक्रमको संयोजन गरेको थियो। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी थिए। शुक्रबार अपराह्न झापा पुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची क्राउन होटेलमा बसेका थिए।

उनको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरूले शक्ति प्रदर्शनसमेत गरेका थिए। होटेलबाट निस्किए लगतै पूर्वराजा शाहको समर्थनमा ‘राजा आउँ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’, ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा घन्किएको थियो।

कलेज परिसर पुग्नुअघि पूर्व राजा शाह करिब एक किलोमिटर सडकमा हिँडेर सर्वसाधारणसँग भेटघाट गर्दै गएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार