कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

गणतन्त्रको पक्षमा ठूलो जनमत छः अर्थमन्त्री डा. महत

कसैले पनि व्यवस्थालाई कमजोर पार्ने प्रयास गर्नु दुष्प्रयासमात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले विभिन्न बाहनामा अहिलेको व्यवस्थामाथि प्रश्न उठाउने काम भइरहेको भए पनि त्यो असम्भव रहेको बताएका छन् । उनले गणतन्त्रका पक्षमा ठूलो जनमत रहेकोसमेत दाबी गरे । बुधबार नेपाली कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले कसैले पनि व्यवस्थालाई कमजोर पार्ने गरी प्रयास गर्नु दुष्प्रयासमात्रै हुने बताए ।

‘विभिन्न बाहनामा यो व्यवस्थामाथि प्रहार गर्ने र यसलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै यो व्यवस्था त्यति कमजोर नभई जनताको माझबाट स्थापित भएको उनको भनाई छ ।
यसमाथि प्रश्न उठाउने लक्ष्यकासाथ अनेकौँ बहानाबाजी गरेर यसलाई कमजोर पार्ने कोसिस नगरी त्यसमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत पुनर्स्थापनाका लागि ठूलो बजेटको खाँचो हुने देखिएको बताए । सरकारले आफ्नो स्रोत साधनबाट मात्रै पुनर्स्थापना र पुनर्निर्माण गर्न सक्ने अवस्था नरहेको भन्दै उनले त्यसका लागि दातृ निकायको समेत समर्थन र सहयोगको खाँचो रहेको उनको भनाई छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार