भाद्र ८, २०८३ सोमबार August 24, 2026

लुम्बिनी प्रदेशकाे “स्थानीय तह संग प्रदेश सभा” कार्यक्रम बर्दियाबाट सुरु

बर्दियाबाट सुरुवात गरिएको कार्यक्रम क्रमश लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा स्थानीय तह संग प्रदेश सभा कार्यक्रम बुधवार बर्दियाबाट सुरु भएको छ ।

संघियता कार्यान्वयन कसरी गर्नेलगायतका बिषयमा पालिकाहरुबाट समस्याहरु बुझ्ने र सल्लाह सुझाव लिएर अगाडी बढने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको लुम्बिनी प्रदेश सभाले जनाएकाे छ । यो कार्यक्रम लुम्बिनी प्रदेशको नक्सामा सबैभन्दा पश्चिम पर्ने कर्णालीको तिर ठाकुरबाबा नगरपालिकाबाट सुरुवात गरिएको हो । बर्दियाबाट सुरुवात गरिएको कार्यक्रम क्रमश लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा गरिने लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्ती मगरले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह, प्रदेश र संघको अलगअलग व्यवहारहरु, अलगअलग कामकार्वाहीहरु, विकास निर्माणका कामहरु, कानुनी मान्यताहरु अलगअलग भएको र जोडिन प्रयत्न गर्दा पनि कैयौं समस्याहरु कैयौं प्रक्रियाले गर्दा जोडिन नसकेको कुरा व्यक्त गर्नु भयो ।

प्रदेश सभालाई नजोडदा सम्म संघियता सार्थक पनि नहुने भएकोले प्रदेश सभालाई स्थानीय तह र संघिय संसदसम्म जोडनु पर्ने पत्रकार भेटघाट कार्यक्रममा सभामुख घर्तीले बताउनु भयो ।

बर्दियाको ठाकुरद्धारामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख माननिय तुलाराम घर्ती मगर, भौतिक पूर्वधार विकास मन्त्री धर्म बहादुर चौधरी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक जन्मजय तिमिल्सिना, नेकपा माओवादी केन्द्रका सचेतक  कृष्ण कुश्मा थारु, प्रदेश सभा सदस्य मालती सोडारी,  प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरसहित बर्दियाका नगर प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरु सहभागीता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार