भाद्र ८, २०८३ सोमबार August 24, 2026

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख घिमिरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित  नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गर्नुभएको हो ।

“हामीले विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आइटी  तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, सभामुखले भन्नुभयो, “आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध  गर्दछु ।” उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताउनुभयो । सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ ”, उहाँले भन्नुभयो ।

कोभिड महामारीले थलिएको अर्थतन्त्र सुधार गर्न, नेपाली व्यवसायीहरूको आत्मविश्वास बढाउन र लगानीमैत्री वातावरण बनाउँदै आर्थिक गतिविधि वृद्धि गर्न मेला सफल हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैधले विश्वमा नेपाललाई लगानीको मुख्य गन्तव्यको रुपमा विकास गरी लगानी आर्कषण गर्नु मेलाको उद्देश्य भएको बताउनुभयो ।

देशमा आर्थिक मन्दी र बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात बढाउनका उत्पादनको प्रवर्द्धन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सार्क उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष चण्डीराज ढकालले नेपाली उत्पादनलाई बजारमा पुर्‍याउन विशेष प्रयास हुनुपर्ने र त्यसका निम्ति निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने बताउनुभयो

चीनको वाणिज्य मन्त्रालय अन्त्रगतको व्यापार विकास ब्यूरोका उपमहानिर्देशक देङ् बीले मेलामार्फत दुई देशबीचको व्यापारिक सम्बन्धलाई अझ बलियो बनाउने बताउनुभयो ।

नेपालका लागि चीनका राजदूत छन् सङसहित उद्योग वाणिज्य क्षेत्रसँगसम्बन्धित मुलुकका सङ्गठित सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

यही मङ्सिर १८ गतेसम्म सञ्चालन हुने मेलामा  नेपालसहित बङ्गलादेश, भारत, चीन र पाकिस्तानका दुई सय १० वटा प्रदर्शनी कक्ष छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार