असार १९, २०८१ बुधबार July 3, 2024

भारतमा कोरोना संक्रमण तिब्र गतिमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा ९ हजार ९९६ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा एकैदिन संक्रमितको अहिलेसम्म कै धेरै संख्या हो ।

भारतमा कुल कोरोना संक्रमितको संख्या अहिले २ लाख ८६ हजार नाघेको छ ।

भारतमा अहिलेसम्म २ लाख ८६ हजार ५७९ जना संक्रमित भएका छन् । भारत धेरै संक्रमण हुने देशमा छैठौ स्थानमा उक्लिएको छ ।

त्यस्तै २४ घण्टामा भारतमा ३५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या कुल ८ हजार १०२ पुगेको छ ।

भारतमा अहिलेसम्म एक लाख ४१ हजार २९ जना ठिक भएका छन् भने एक लाख ३७ हजार ४४८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या ७४ लाख ५८ हजार ६४६ पुगेको छ भने मृतकको संख्या ४ लाख १९ हजार २० पुगेको छ ।

त्यस्तै विश्वभर ३७ लाख ५१ हजार ९७१ जना कोरोना संक्रमित ठिक भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
२०८१ असार २०, बिहिबार
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
२०८१ असार १९, बुधबार
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
२०८१ असार १९, बुधबार
विश्वकप विजेता भारतीय टिमको विहिबार मुम्बईमा भिक्ट्री परेड हुने
२०८१ असार १९, बुधबार
मलाई पार्टी बैठकमा ह्यारेसमेन्ट गरियो : महामन्त्री ढकाल
२०८१ असार १९, बुधबार
‘कृष्णसार संरक्षणमा लुम्बिनी प्रदेश सरकार गम्भीर बन्नुपर्छ’
२०८१ असार १९, बुधबार
एमालेबाट सरकारमा सहभागी मन्त्रीले बुझाए राजीनामा
२०८१ असार १९, बुधबार