श्रावण १२, २०८१ शनिबार July 27, 2024

शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशको शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै प्रकारका सहयोग रहने बताउनुभएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयको मुख्यालय निर्माण हुने प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले नेपाल प्रहरीको जिल्ला जिल्लामा रहेको भवनको निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोडका दरले बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले सबै जिल्लाको शान्ति सुरक्षालाई भरपर्दो बनाउनका लागि सिसि टिभी जडान गर्नका लागि आवश्यक पर्ने रकम प्रदान गर्नका लागि प्रदेश सरकार तयार भएकाले सिसिटिभी जडानको लागि कार्ययोजना पेश गरि काम बढाउनका लागि प्रदेश प्रहरीसँग आग्रह गर्नुभयो ।

मुख्यमन्त्री यादवले प्रदेश मातहतमा नेपाल प्रहरी आएपछि मुलुकका सबैभन्दा निडर तथा सक्षम प्रहरी बनाउने कार्ययोजना प्रदेश सरकारको रहेको बताउनुभयो ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री मोहम्मद समीमले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा तथा आपत् विपद्को समयमा खेलेको भूमिका अतुलनीय भएको बताउँदै प्रहरीको सुविधा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा एमालेका उपनेता दिपेन्द्र ठाकुरले प्रहरीको सेवा तथा सुविधाको विस्तारमा प्रदेश सरकारले कुनै कन्जुस्याइँ गर्न नहुने बताउँदै सबै प्रहरी युनिटको सबलीकरणमा ध्यान दिनका लागि आग्रह गर्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले मधेश प्रदेशका प्रहरीको आत्मबलको विकासका लागि नयाँ बन्ने भवनले मद्दत गर्ने बताउँदै प्रहरीका सबै संरचनाहरूको सुधारमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सभापति मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रदेश प्रहरीको नयाँ बन्ने भवनको निर्माणबाट प्रहरी सङ्गठनको क्षमता विकासमा ठूलो मद्दत पुग्ने आशा व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार