भाद्र ८, २०८३ सोमबार August 24, 2026

राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

अब ४० वर्षमुनिका युवा प्रधानमन्त्री हुनु पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले देशको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको उहाँकाे भनाइ थियाे ।

आज मङ्गलवार काठमाण्डाैमा आयोजित बाल क्लबका पूर्वसदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई देशको सुशासन र समृद्धिका लागि सङ्घर्ष गर्न पनि आग्रह गर्नुभयो । युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उहाँले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनमा राजनीतिक दलका नेताहरूकाे महत्त्वपूर्ण योगदान रह्यो तर समृद्धिका लागि राम्रो काम गर्न सकिएन । अब समृद्धिको खाका हामीसँग छ भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍याे । अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अस्ट्रेलिया, जापान, चीनमा गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर स्वदेशमा प्रयाेग गर्ने हाे । विदेशमा सिकेर देश निर्माण गर्न लाग्नुपर्‍याे । ’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार