भाद्र ८, २०८३ सोमबार August 24, 2026

एनसेलको शेयर खरिद–बिक्रीबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे बुधबार छलफल गर्ने भएको छ। बैठक दिउँसो २ बजे बोलाइएको छ।

एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो।

यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समेत चासो देखाएका छन्। यसै विषयमा छलफल गर्न उनले मंगलबार साँझ बालुवाटारमा सत्ता गठबन्धनसहितको बैठक राखेका थिए।

गठबन्धनका शीर्ष नेता, सरकारका मन्त्री तथा सरोकारवाला निकायका कर्मचारीसमेत सहभागी बैठकले एनसेलको शेयर खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार