भाद्र २८, २०८१ शुक्रबार September 13, 2024

एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

खानेपानी तथा महशुल निर्धारण आयोगको अध्यक्ष पदमा रुद्रप्रसाद गौतम नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : सरकारले एनसेलको शेयर खरिदबिक्रीका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो ।

उहाँकाअनुसार सरकारले समितिको सस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुहुनेछ । समितिलाई ३० दिनको कार्यावधि दिइएको पनि मन्त्री शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको शेयरको खरिदबिक्रीका सम्बन्धमा जुन प्रश्न उठेको थियो, त्यो प्रश्नको विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति निर्माण गर्ने निर्णय गरिएको छ । सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ । यसलाई ३० दिनको कार्यावधि दिइएको छ ।’

त्यस्तै सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता शर्माका अनुसार सरकारले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई र सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिल्म ‘तेल भिसा’ को दोस्रो गीत सार्वजनिक (भिडियो)
२०८१ भाद्र २८, शुक्रबार
दयाहाङ र आँचल स्टारर फिल्म ‘दुखी आत्मा’ को सुटिङ सुरु
२०८१ भाद्र २८, शुक्रबार
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत आदेश
२०८१ भाद्र २८, शुक्रबार
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडानपछी समस्या समाधान
२०८१ भाद्र २८, शुक्रबार
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो
२०८१ भाद्र २८, शुक्रबार
जलन रोगको उपचारका लागि १ लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
२०८१ भाद्र २८, शुक्रबार
ह्यारिससँगको अर्को बहसमा भाग लिन ट्रम्पको अस्वीकार
२०८१ भाद्र २८, शुक्रबार