माघ १२, २०८१ शनिबार January 25, 2025

जहाज खरिदका लागि तीन कम्पनीको आवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल वायुसेवा निगमले तीन वटा जहाज खरिद गर्न आह्वान गरेको बोलपत्रमा तीनवटा कम्पनीको आवेदन परेको छ । लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको प्रस्ताव आएको निगमले जनाएको छ ।

निगमले गएको कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना निकालेर तीन वटा जहाज खरिदको अन्तर्राष्ट्रिय टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । यस समयावधिमा विभिन्न तीन वटा कम्पनीले प्रस्ताव गरेका हुन् ।

निगमसँग अहिले दुई वटा ट्वीअटर जहाज छन् । दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया