श्रावण १२, २०८१ शनिबार July 27, 2024

भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतिक संरक्षण: मुख्यमन्त्री जम्कट्टेल

जनताले विश्वास गरेका राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले नै निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न नसक्दा भ्रष्टाचार थप मौलाएको जिकिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचार मौलाउनुको मुख्य कारण भ्रष्टाचारीलाई ‘राजनीतिक संरक्षण’ रहेको बताउनुभएको छ ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजनीतिक संरक्षणले भ्रष्टाचार बढ्दै गएको दाबी गर्नुभयो । उहाँले भष्ट्राचार नियन्त्रणका लागि पहिले राजनीतिक नेतृत्वलाई खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जनताले विश्वास गरेका राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले नै निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न नसक्दा भ्रष्टाचार थप मौलाएको जिकिर गर्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले पछिल्लो समय अख्तियार अनुसन्धान आयोग ‘तर्साउने हतियार’ मात्रै बनेको टिप्पणी गर्नुभयो ।

मननपर्ने बितिकै अख्तियारमा ‘बेनामे’ मुद्दा हाल्ने प्रवृतिले अधिकारको दुरुपयोग भएकोप्रति मुख्यमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो । जनताले दुःख पाउँदा राज्य व्यवस्थामाथि नै प्रश्न उठिरहेको बताउँदै अख्तियारले निष्पक्ष भएर उजुरीहरुको सत्यतथ्य छानबिन गरेर मात्रै निवेदन लिन सुझाव दिनुभयो ।

एक अर्कालाई दोषी देखाएर भष्ट्राचार निवारण नहुने तर्क राख्दै मुख्यमन्त्री जम्कट्टेलले सबै राजनीतिक नेतृत्व, कर्मचारी प्रसाशन, नागरिक समाज, सञ्चारकर्मी निश्पक्ष भएर लागेमा भष्ट्राचार नियन्त्रण हुने विश्वास व्यक्त गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार