असार २२, २०८२ आइतबार July 6, 2025

भारत कोरोना अति प्रभावित देशको सूचीमा चौथो नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । कोरोना भाइरसको संक्रमण भारतमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ११ हजार १ सय २८ जना संक्रमित थपिएका छन् । कोरोनाबाट पछिल्लो २४ घन्टामा ३ सय ९४ जनाले जयान गुमाएका छन् ।

भारतमा संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ८३ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ८ हजार ५ सय १ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतले स्पेन र बेलायतलाई पनि उछिनेको छ । अब भारत कोरोना अति प्रभावित देशको सूचीमा चौथो नम्बरमा छ । भारतभन्दा अगाडि अमेरिका, ब्राजिल र रसिया रहेका छन् । भारतले इटली, स्पेन, बेलायत, फ्रान्स, पेरु, जर्मनी, इरानलगायतका प्रभावितदेशलाई उछिनेको छ ।

लकडाउन खुकुलो पारेसँगै भारतमा संक्रमितको संख्या ह्वात्तै बढेको पाइएको छ । परीक्षणको दायरा बढाउँदै लैजाँदा यो संख्या झन् झन् बढ्ने अनुमान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार