कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

रुकुम पश्चिममा अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन

आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी खटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भूकम्प प्रभावित रुकुम पश्चिममा अस्थायी आवस निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर २४ गतेदेखि प्रभावित क्षेत्र आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो ।

पहिलो चरणमा आठबीसकोट नगरपालिकाको विभिन्न प्रभावित ठाउँमा ४० जना र सानीभेरी गाउँपालिकाको प्रभावित विभिन्न ठाउँमा ३५ जना गरेर जम्मा ७५ जना नेपाली सेना परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । उनका अनुसार अस्थायी आवास निर्माण गर्न आज थप १५ जना नेपाली सेना परिचालन गरिएको छ । सशस्त्र प्रहरीको समूह पनि आजदेखि भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि परिचालन हुने उनले जानकारी दिए ।

“नेपाली सेनाको समूह मङ्सिर २४ गतेदेखि प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा खटिसकेको छ, सशस्त्र प्रहरीको टोली पनि आजदेखि परिचालन गरिँदैछ, सुरक्षाकर्मीको टोली परिचालन गरेपछि अस्थायी आवास निर्माणले तीव्रता पाउने हामीले अपेक्षा गरेका छौँ”, प्रजिअ बढुवालले भने ।
भूकम्प गएदेखि प्रभावित क्षेत्रको उद्धार राहतमा सक्रिय नेपाल प्रहरी भने निरन्तर प्रभावित क्षेत्रमा प्रहरी लागत सङ्कलनमा खटिरहेको छ । नेपाली सेना तथा सशस्त्र प्रहरी पनि उद्धार र राहतसँगै अब अस्थायी आवास निर्माणमा परिचालन भएका हुन् ।

जिल्लाभर २५ हजार लाभग्राही यकीन भए पनि विवरण सङ्कलन जारी रहेकाले ३० हजार लाभग्राही पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले रुकुम पश्चिममा तीन हजार छ सय ४५ अस्थायी आवास निर्माण गरेको जनाएका छन् भने अझै हजारौँ अस्थायी आवास निर्माण हुन बाँकी छन् । कति अस्थायी आवास निर्माण भए कति हुन बाँकी छन् यसको विवरण भने जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहबाट विवरण आइसकेको छैन ।

अस्थायी आवास निर्माण गर्न लाभग्राहीलाई पहिलो किस्ता वापतको रु २५ हजारका दरले रु १९ हजार नौ सय ३४ घरधुरीलाई रु ४९ करोड ८३ लाख ५० हजार रकम स्थानीय तहको विपद् जोखिम न्यूनीकरण कोषमा पठाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार