कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

नागरिक उन्मुक्तिलाई राष्ट्रिय सभामा कम्तिमा १ सिट दिनैपर्ने, रेशम-रञ्जिताले गरे प्रधानमन्त्रीसँग छलफल

आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्।

प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित स्थान दिन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका हुन्। ‘हामी पनि गठबन्धनको हिस्सा हौं। राष्ट्रियसभा निर्वाचनमा हाम्रो सहभागिता अनिवार्य हुनुपर्‍यो भनेर प्रधानमन्त्रीजीसँग आग्रह गरेका छौं,’ उनले भने।

स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभामा कम्तिमा एक सिट पाउनुपर्ने माग गरेको छ। त्यसका लागि संरक्षक चौधरी र पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले तीव्र लबिङ गरिरहेका छन्। सिट पाउने सुनिश्चित भएपछि मात्रै उम्मेदवारको टुंगो लगाउने ती स्रोतको भनाइ छ।

यसैबीच नागरिक उन्मुक्ति पार्टीले निर्वाचनमा आयोगमा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छ। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक मत रहेको छ।

त्यस्तै प्रधानमन्त्रीसँग छलफलमा मुक्त कमैया र हलियाहरूको व्यवस्थापनका लागि छिट्टै ऐन नियम बनाउन उनले प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेको भन्दै संरक्षक चौधरीले आर्थिक प्याकेजसहित बाँझो जमिन दिएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार