कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सिद्धबाबा सुरुङमार्ग निर्माणलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

काममा कुनै पनि लापरवाही नगर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा हेरिएको निर्माणधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले निर्माण कार्य ढिलो गतिमा भएको भन्दैँ असन्तुष्टि व्यक्त गर्नु भयो । 

सिद्धबाबा सुरुङ मार्गलाई ठूलो र महंगो आयोजनाका रुपमा लिइएको बताउँदै यसको काममा कुनै पनि लापरवाही नगर्न मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई आग्रह गर्नु भयो । ‘अहिले ८-९ प्रतिशत मात्रै काम काम भएको छ, कामको रफ्तार बढाउनका लागि स्थलगत निरीक्षण गरिएको हो’ मन्त्री ज्वालाले भन्नुभयो । सरकारका तर्फबाट समस्या समाधान गर्न तत्पर रहेको तर, बाहना बनाएर काममा ढिलाई गर्न छुट छैन । ‘समस्या कहाँनिर छ, त्यो हामी सुन्छौं, तर वाहना बनाएर ढिलाई गर्न पाइँदैन’ उहाँले निरीक्षणका क्रममा भन्नुभयो ।

मन्त्री ज्वालाले सिद्धबाबा सुरुङमार्ग राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले उच्च प्राथमिकतामा राखेकाले यसलाई सफल रुपमा पूरा गर्नका लागि आकस्मिक रुपमा निरीक्षण गरिएको बताउनु भयो । उहाँले निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्माण व्यवसायीको कामप्रति सन्तुष्ट हुन सक्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो । 

मन्त्री ज्वालाले माथिल्लो सिद्धबाबाको प्रवेशद्वार सहित ३ वटा क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको थियो ।  सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक अन्तर्गत बुटवलको तल्लो सिद्धबाबा देखि पाल्पाको दोभान चौकी सम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्गको निर्माण अघि बढाइँएको हो । 

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको जिम्मा पाएको छ । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार