कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

वीरका निर्देशक डा. पौडेललाई हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वीरको निर्देशकबाट हटाइएका डा. पौडेल पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सर्वोच्च अदालतले वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मंगलबार पौडेलको रिट निवेदनमाथि सूनुवाइ गर्दै पौडेललाई हटाउने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले निर्देशक हटाउने निर्णय कार्यान्वन गर्न रोक लाएसँगै वीरको निर्देशकबाट हटाइएका डा. पौडेल पुनः वीर अस्पतालमा फर्किन बाटो खुला भएको छ ।

मन्त्रीस्तरीय निर्णयबाट वीर अस्पतालको निर्देशकबाट आफुलाई हटाएको भन्दै पौडेल मन्त्रालयको उक्त निर्णयविरुद्ध सर्वोच्चमा जानु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न आरोप लगाउँदै डा. पौडेललाई गत  मंसिर १४ पदबाट हटाउने निर्णय गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार