काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा श्रीलङ्काका विदेशमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले शिष्टाचार भेट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका अवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया