कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

निकुञ्जको ऐन समयसापेक्ष परिमार्जन गर्नु आवश्यक : अर्थमन्त्री डा. महत

पूर्वी चितवनको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने उद्घोष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः चितवनको सौराहामा आजदेखि १७औं चितवन हात्ती तथा पर्यटन महोत्सव मङ्गलवारदेखि शुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा.प्रकाशशरण महतले एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा मन्त्री महतले २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिमार्जन गर्ने बेला भएको बताउनुभयो । पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनताबीचको दुरी बढाउने काम गरेको उल्लेख गर्दै उहाँले निकुञ्ज ऐन परिवर्तनको लागि सरकारी पहल शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अर्थमन्त्री महतले पूर्वी चितवनको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा लगानी गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकाल र प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको व्यवसायलाई पुनर्जीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गर्नुभएको थियो ।

रत्ननगरका मेयर प्रह्लाद सापकोटाले सौराहामा १४ करोड २४ लाखको लगानीमा सुरु गरिएको नमुना सडकको काम बजेटका कारणले रोकिन सक्ने अवस्था आएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपनिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशु प्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको थियो ।महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधवारबाट शुरु हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार