कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रदेशको नाम नै नलेखी मुख्यमन्त्री कार्कीले दिए ल्होसारको शुभकामना

पूर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन्।

आफ्नोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भएपछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन्।

पूर्वी नेपालमा पहिचानबादी आन्दोलन जारी रहेको बेला उनीहरुको मागलाई ‘सम्मान गर्दै’ कोशी प्रदेश उल्लेख नगरेको हुन सक्ने अनुमान गरिएको छ। संविधान र राज्यले चिन्ने मुख्यमन्त्री पदको जिम्मेवारीमा रहेका कार्कीले कोशी प्रदेशको नाम उल्लेख नगरे पछि यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

अहिले ‘कोशी प्रदेश’ उल्लेख नभएको कार्कीले लेटर प्याड सार्वजनिक भए पछि उनी ‘कुन प्रदेशका मुख्यमन्त्री हुन्?’ भनेर प्रश्न गर्न थालिएको छ।

सामाजिक सञ्जालभरी कुन प्रदेशका मुख्यमन्त्री हुन ? भनेर प्रश्न गर्न थालिएको छ । एकजनाले सामाजिक सञ्जालमा लेखेका छन, ‘सायद उनी लाबण्य प्रदेशका मुख्यमन्त्री होलान ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशन सफल बनाउन प्रचार समितिमा जनकराज पाठकलाई नयाँ जिम्मेवारी
२०८३ कार्तिक २७, शुक्रबार
झोलुङ्गे पुल निर्माण हुने, ३० लाख बजेटको सुनिश्चित गरी टेण्डर गरिने
२०८३ कार्तिक २७, शुक्रबार
विपदमा परेकालाइ सघाउन अक्षयकोष
२०८३ कार्तिक २७, शुक्रबार
बागलुङमा सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
२०८३ कार्तिक २७, शुक्रबार
अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान
२०८३ कार्तिक २७, शुक्रबार
मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान
२०८३ कार्तिक २७, शुक्रबार
दुग्ध विकास संस्थान विराटनगरका आयोजना प्रमुख शर्मा पक्राउ
२०८३ कार्तिक २७, शुक्रबार